नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
उनले शुक्रबार पत्रकार सम्मेलन गरी खेलबाट सन्यास लिएको घोषणा गरेका हुन्।
नेपाली क्रिकेट टोली बिहिबार मात्र इमर्जिङ कप खेलेर स्वेदश फर्किएको थियो। स्वदेश फर्किएकै भोलिपल्ट ज्ञानेन्द्रले इमेलमार्फत पत्रकारहरुलाई बोलाएका हुन्।
नेपाली राष्ट्रिय क्रिकेटका कप्तान पारस खड्काले खेल जीवनबाट सन्यास लिएपछि उनी राष्ट्रिय टोलीका कप्तान भएका थिए। टोलीका कप्तानसमेत रहेका उनी पछिल्ला केही खेलमा देखापरेका थिएनन्। उनलाई वैकल्पिक खेललाडीको रुपमा राखिएको थियो।
उनी विश्वकप लिग टूमा वैकल्पिक खेलाडीको रुपमा बेन्चमा थिए भने एसीसी इमर्जिङ कपमा पनि उनी टोलीमा परेका थिएनन्।
विगतमा धेरै खेलहरुमा देखा नपरेपछि उनले खेलबाट सन्यास लिएको आंशका छ।