बिएल संवाददाता
भारतको पश्चिमी राज्य महाराष्ट्रमा सडक निर्माणस्थलमा क्रेन खस्दा कम्तीमा १७ जना कामदारको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन्।
महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ७१ किलोमिटर उत्तरपूर्वमा पर्ने ठाणे जिल्लाको शाहापुर नजिकै उक्त घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उद्धारका लागि भारतीय राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) को टोली घटनास्थलमा पुगिसकेको छ।
एनडीआरएफका वरिष्ठ अधिकारी सारंग भी कुर्वेले भने, 'हाम्रो खोजी र उद्धार कार्य जारी छ। घटनास्थलबाट अहिलेसम्म १७ जनाको शव निकालिएको छ।'
घाइते तीनै जनालाई नजिकैको अस्पतालमा लगिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहतस्वरूप आर्थिक सहयोग दिने घोषणा गरेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया