बिएल संवाददाता
मस्कोले जानीजानी खाद्यान्न टर्मिनलमा आक्रमण गरेको आरोप कीभले बुधबार लगाएको छ। रूसले ओडेसा बन्दरगाह वरपर रातभर गरेको आक्रमणमा निर्यातका लागि राखिएको ६० हजार टन खाद्यान्न नष्ट गरेको कीभले दावी गरेको छ।
रूसले युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा लगातार दुई रातसम्म क्षेप्यास्त्र प्रहार गरेको र कार्गो जहाजको सुरक्षित आवागमनका लागि अनुमति दिने खाद्यान्न सम्झौताबाट बाहिरिएपछि ‘ब्ल्याक सी’ को बन्दरगाहमा प्रहार गरेको हो।
युक्रेनको कृषि मन्त्रालयले ओडेसाबाहिरको चोर्नोमोस्र्क बन्दरगाहमा ‘६० हजार टन खाद्यान्न पनि नष्ट गरिएको’ जनाएको छ। उक्त खाद्यान्न ‘६० दिनअघि खाद्यान्न करिडोरमार्फत पठाउन लागिएको’ बताइएको छ।
'युक्रेनी व्यापारी र (युक्रेनी) कर्नेलहरू र क्यानेडाली भिटेरा र फ्रान्सेली सीएमए सीजीएम समूहजस्ता वाहकहरूको अनाज पूर्वाधारमा सबैभन्दा बढी असर परेको छ,' मन्त्रालयले भनेको छ। 'विश्वको खाद्य सुरक्षा फेरि एकपटक खतरामा परेको छ,' विज्ञप्तिमा भनिएको छ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि रूसले ‘जानाजानी खाद्यान्न सम्झौताको पूर्वाधारलाई निशाना बनाइरहेको’ बताएका थिए। रूसले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको खाद्यान्न सम्झौतालाई विस्तार गर्न सोमबार अस्वीकार गरेको थियो। सम्झौताबाट बाहिरिएदेखि नै मस्कोले ‘ब्ल्याक सी’ हुँदै खाद्यान्न निर्यातको भविष्यमा ‘जोखिम’ निम्त्याउने चेतावनी दिँदै आएको छ।
संयुक्त राष्ट्रसङ्घले विश्वका सबैभन्दा गरिब देशहरूले सम्झौताको पतनको ‘मूल्य चुकाउने’ चेतावनी दिएको छ र पश्चिमी देशहरूले मस्कोको बहिर्गमनको निन्दा गरेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया