ढोकामा ताला झुण्ड्याएर विद्यार्थीले भने– अब हामी विद्यालयमा ताला लगाउँदैनौँ

राजनीतिक दलका विद्यार्थी संगठनले विद्यालयमा कुनै पनि बहानामा अब तालाबन्दी नगर्ने प्रतिबद्धता जनाएका छन्।

असार १ गते शिक्षामन्त्री अशोककुमार राईलाई विभिन्न मागका विषयमा जानकारी गराउँदै तालाबन्दी पनि नगर्ने प्रतिबद्धता जनाएका हुन्।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल छैठौँले शिक्षामन्त्री राईलाई भेटेर तालाबन्दी नगर्ने प्रतिबद्धता जनाएका हुन्।

तर तालाबन्दी गर्दैनौँ भनेर प्रतिबद्धतना जनाइरहँदा स्वतन्त्र विद्यार्थी युनियनले गरेको तालाबन्दी नै खुलेको छैन। दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन र नेविसंघले गरेको तालाबन्दी अझै खुलेको छैन।

केन्द्रका नेताहरुले शिक्षामन्त्रीसँग तालाबन्दी गर्दैनौँ भनेर प्रतिबद्धता जनाउँदा उता ढोकामा झुण्डिएको ताला कहिले खुल्ला कुनै निश्चित छैन।

शिक्षामन्त्रीलाई बुझाएको माग पत्रको ८ नम्बर बुँदामा भनिएको छ, ‘शैक्षिक संस्थालाई ज्ञान निर्माणको केन्द्र र शान्ति क्षेत्रको रुपमा स्थापित गरी स्वच्छ र मर्यादित वातावरणमा प्राज्ञिक उन्नयनको सुनिश्चितताका लागि तालावन्दीरहितको वातावरण सृजना गर्न संयुक्त विद्यार्थी संगठनहरु प्रतिवद्ध रहेकाले सरकार र सम्बन्धित निकायद्वारा त्यसका लागि उपयुक्त परिस्थितिको निर्माण गरियोस्।’

केही  दिन पहिले स‌स्कृत विश्वविद्यालयमा भइरहेकाे तालाबन्दीका विषयमा स‌सदमा आवाज उठेको थियो। 

एमालेकी सांसद ईश्वरी जीएमले संसदमा तालाबन्दीको विषय उठाउँदै छिटो ताला खाल्नु पर्ने माग गरेकी थिइन्। त्यसपछि विद्यार्थी संगठनहरु पनि शिक्षामन्त्रीलाई भेटेर विभिन्न माग राख्दै तालाबन्दी नगर्ने प्रतिबद्धता जनाएका छन्। 

संसदमा उठ्यो संस्कृत विश्वविद्यालयको तालाबन्दी, कर्मचारीलाई कारवाही गर्न माग (भिडियाे)

यस्ता छन् विद्यार्थीका माग 

विद्यार्थीले प्रतिवद्धता जनाएकाे भिडियाे 

प्रकाशित मिति: : 2023-07-19 13:39:00

प्रतिकृया दिनुहोस्