एमाले र माओवादीबीचको गठबन्धन भत्काउन राष्ट्रपति पद नै त्याग्न तयार थियौँ: पूर्णबहादुर खड्का

नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले तत्कालीन समयमा एमाले–माओवादीको गठबन्धन भत्काउन राष्ट्रपति पदमै सम्झौता गर्न तयार हुने अवस्थामा पुगको बताएका छन्।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै रक्षामन्त्रीसमेत रहेका खड्काले उक्त कुराको खुलासा गरेका हुन्।

खड्काले तत्कालीन समयमा संघ र प्रदेशमा सत्ता बाहिर रहेको पार्टीले प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने वातावरण बनाउनु मुख्य उपलब्धि भएको बताए।

‘...छलफल गर्दा विभिन्न तहमा यदि राष्ट्रपतिमै पनि सम्झौता गर्नुपर्यो भने पनि माओवादी र एमालेबीचको गठबन्धनलाई परिवर्तन गर्नुपर्छ भन्ने तहको त्याग गर्न समेत तयार थियौँ,’ खड्काले भने।

प्रकाशित मिति: : 2023-07-18 16:09:00

प्रतिकृया दिनुहोस्