काँग्रेसमा २२ वटा विभाग थप्न प्रस्ताव

नेपाली काँग्रेसमा अन्य २२ वटा विभाग थप गर्न प्रस्ताव पेश भएको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेकाे केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले विभाग थप गर्ने प्रस्ताव पेश गरेका हुन्।

हाल काँग्रेसमा ४८ वटा विभाग रहेका छन्।

प्रस्तावित विभागहरु :

१) न्याय तथा मानव अधिकार विभाग
२) नविनतम प्रविधि तथा नवप्रवर्तन समन्वय विभाग 
३) सामाजिक–सांस्कृति अभियान विभाग
४)  विकास तथा पूर्वाधार विभाग
५) सुशासन विभाग
६) सहकारी विभाग
७) उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग
८) विपद व्यवस्थापन विभाग
९) ऊर्जा तथा जलस्रोत विभाग
१०) युवा तथा किशोर–किशोरी विभाग
११) भू.पू प्रहरी विभाग
१२) नागरिक सम्बन्ध तथा समस्या सम्वोधन समन्वय विभाग
१३) व्यवसायी सीप विकास विभाग
१४) जेष्ठ नागरिक समन्वय विभाग
१५) विपन्न उत्थान समन्वय विभाग
१६) अनौपचारिक क्षेत्रका श्रमिक समन्वय विभाग
१७) सामाजि संघ–संस्था समन्वय विभाग
१८) मुक्त समुदाय पुनस्र्थापना समन्वय विभाग
१९) जलवायु परिवर्तन र वातावरणीय सन्तुलन सरोकार विभाग
२०) धर्म संस्कृति समन्वय विभाग
२१) पूर्व आप्रवासी समन्वय विभाग
२२) नेपाली डायस्फोरा विज्ञ समन्वय विभाग

प्रकाशित मिति: : 2023-07-18 15:10:00

प्रतिकृया दिनुहोस्