नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सोमबार नेपाल भारतको ‘ए’ टोलीसँग पराजित भएको छ।

श्रीलंका राजधानी सहर कोलम्बोस्थित प्रेमादासा रंगशालामा भएको खेलमा नेपाल भारत 'ए' सँग ९ विकेटले पराजित भएको हो। 

नेपालले दिएको १६८ रनको लक्ष्य भारत ‘ए’ ले २२.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए।

आजै भएको अर्को खेलमा ओमानलाई पराजित गर्दै पाकिस्तान पनि सेमिफाइनल प्रवेश गरेको छ। नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ए ले २२ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। 

भारत ए का लागि अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्काको सहयोगमा ८७ रनको अर्धशतकीय ईनिङ खेले। साई शुदर्शनले ५२ बलमा ८ चौका र १ छक्काको सहयोगमा अविजित ५८ रनको अर्धशतकीय ईनिङ खेले। धुव्र जुरेले १२ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए। 

प्रकाशित मिति: : 2023-07-17 19:25:00

प्रतिकृया दिनुहोस्