बिएल संवाददाता
सुडानको पश्चिमी डार्फर राज्यमा आरएसएफले हत्या गरेका ८७ जनाको शव फेला परेको छ।
सुडानी अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र तिनका सहयोगीले मारेको भनिएको कम्तीमा ८७ जनाको शव पश्चिम डार्फर राज्यको राजधानी एल–जेनिनाबाहिर रहेको एक सामूहिक चिहानबाट फेला परेको संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
'सामूहिक चिहानमा मासलित मानिसहरूका शवहरू समावेश छन्, जुन राज्यमा जातीय–प्रेरित लडाइँको सकेत हो, किनकि सुडान देशको सेना र आरएसएफबीच अप्रिल १५ मा सुरु भएको द्वन्द्वमा फसेको छ,' संयुक्त राष्ट्र संघको एक विज्ञप्तिमा भनिएको छ।
संयुक्त राष्ट्रसंघको कार्यालयले गत जुन १३ देखि २१ को बीचमा एल–जेनिनाको अल–मदारेस र अल–जमारेक जिल्लामा मासालित समुदाय र अन्य ८७ जनाको हत्या भएको थियो। उक्त चिहानमा जुन १४ मा आरएसएफको हिरासतमा वेस्ट डार्फरका गभर्नर खामिस अब्बेकरको हत्यापछि भएको हिंसाका धेरै पीडित भेटिएको जनाइएको छ।
फेला परेका शवमध्ये सात जना महिला र सात जना बालबालिका रहेका छन्। उनीहरूको उपचार नगरिएका चोटपटकका कारण मृत्यु भएको संयुक्त राष्ट्रसंघको कार्यालयले जनाएको छ।
संयुक्त राष्ट्रसंघको कार्यालयले उनीहरूलाई सामूहिक चिहानमा गाड्न बाध्य पारिएको र उचित तरिकाले गाड्न नदिएको दाबी स्थानीयले गरेको जनाएको छ। अल्जजिरा
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया