जनमतबाट मन्त्रीमा अनिता देवी सिफारिस, मन्त्रालय टुंगिन बाँकी

गतिलो मन्त्रालय नपाएपछि रिसाउँदै सिंहदरबारबाट निस्किएको जनमत पार्टी अन्ततः ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। 

प्रधानमन्त्री प्रचण्डको लामो प्रयासपछि जनमत पार्टीले रोजेकै मन्त्रालय पाउने पक्कापक्की भएको त्यो पार्टीका एकजना सांसद्ले बताएका छन्।

स्रोतकाअनुसार जनमतले प्रतिनिधिसभा सदस्य अनिता देवीलाई मंगलबार मन्त्रीको रुपमा सिफारिस गरेको छ। तर मन्त्रालय टुंगिन बाँकी छ।

यसअघि जनमतले प्रचण्ड नेतृत्वको सरकारमा अब्दुल खानलाई मन्त्री बनाएर पठाएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको जनमतलाई खानेपानी मन्त्रालय जिम्मा लगाएपछि उक्त पार्टी असन्तुष्ट बनेको थियो।

प्रकाशित मिति: : 2023-07-12 07:01:00

प्रतिकृया दिनुहोस्