सनीराज शाक्य
काठमाडाैँ उपत्यकामा ‘मर्निङ वाक’ हिँडेका महिलाकाे सुनका सिक्री लुटपाट गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाटमा संलग्न समूहका ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा काभ्रेका उमेश क्षेत्री, सुनसरीका रवि विक, रामेछापका रविन दमाई, धनकुटाका राहुल माझी र भारतीय नागरिक श्रीकान्त माइती रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी डा मनोज केसीले बताए।
उनीहरुले न्यूरोडको जनसेवा मार्ग, चक्रपथको बंगलामुखी मन्दिर, सामाखुसीको कपुरधारा, टोखाको ग्राण्डी नजिकै र नागार्जुनको बुद्ध चोकबाट महिलाको सिक्री लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
लुटपाट गरेको सुन न्युरोडस्थित सुन पसलमा बिक्रि गर्ने गरेको पाइएकाे प्रहरीले बताएकाे छ। प्रहरीका अनुसार, चेन लुटपाटको घटनामा पहिले मोटरसाइकल कुदिरहेका बेला घाँटीबाट चेन तान्ने गरेको देखिएकाे छ।
सबै लुटपाट बिहान ५ देखि ६ बजेसम्मको बीचमा भएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको एसएसपी केसीले बताए।



न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया