बुधबार, १७ डिसेम्बर २०२५

प्रतिपक्षको अवरोधले लुम्बिनीमा बजेटमाथि छलफल नै भएन (भिडियाे)

News Image
• • •

लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल नै हुन सकेन। प्रतिपक्ष दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध गरेपछि बजेटमाथि छलफल हुन नसकेको हो।

लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०८१ को बजेटमाथि जेठ १३ गतेदेखि छलफल सुरु भएको थियो। तर बजेटमाथि असन्तुष्टि जनाउँदै प्रतिपक्षले संसदमा अवरोध गरिरहेपछि बजेटमाथि छलफल हुन सकेन।

१३ गतेदेखि संसद अबरुद्ध गरेको प्रतिपक्षले आज सोमबार (जेठ १८ गते)सम्म निरन्तर संसद अवरुद्ध गर्यो। संसद चल्न नदिएपछि विरोधकैबीचमा संसद चलाएर सभामुख तुलाराम घर्ती मगरले सत्ता पक्षका ५ जना सांसदलाई बजेटमाथि बोल्न दिएका थिए।

उनीहरुले बोलिसकेपछि सभामुख घर्तीले सोमबारदेखि बजेटमाथिको छलफल सकिएको सदनलाई जानकारी गराए। लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले प्रतिपक्षले उठाएको मागका विषयमा सरकार सकारात्म रहेको भन्दै संसदको मर्यादालाई ख्याल गर्न आग्रह गरे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!