टोपेन्द्र रोका मगर
काठमाडौँको कागेश्वरीमा बस्दै आएका २४ वर्षीय कृष्णप्रसाद दंगाल अहिले सिभिल इन्जिनियरिङ पढ्दै छन्। तर, पैसा अभावमा उनी पढाइ छाड्नु पर्ने बाध्यतमा पुगेका छन्।
दुई वर्षअघि कपनमा रहेको सुमो बचत तथा ऋण सहकारी संस्थामा ५ लाख रुपैयाँ जम्मा गरेका कृष्णले उक्त सहकारीले पैसा खाइदिएपछि उनी पढाइ छाड्नुपर्ने बाध्यतामा पुगेका हुन्।
घरमा ५० वर्षीय आमासँगै बसेका कृष्णका बुवाको ११ वर्ष पहिले क्यान्सर रोगका कारण मृत्यु भएको थियो। बुवाको उपचारका लागि घरजग्गा बेचेका उनीहरुले कागेश्वरीमा कोठा भाडमा बस्दै आएका छन्।
उनकी आमा अहिले काम गर्न सक्ने अवस्थामा छैनन्। पहिले अरुको घरमा काम गरेर भए पनि छोरा पढाउने आँट गरेकी कृष्णकी आमाले अहिले दमसँगै शरीरिर दुख्ने समस्या भएपछि काम गर्न सक्दिनन्।
सहकारीमा राखेको पैसाबाट केही ब्याज आउला र घर खर्चसँगै पढाइ खर्च चलाउने सपनासहित सहकारीमा पैसा राखेकोमा सहकारीले अहिले सबै पैसा खाएर भागेको छ। जसका कारण इन्जिनियरिङ पढ्ने सपना अधुरै हुने चिन्तामा कृष्ण छन्।
भिडियोमा प्रस्तुत छ, कृष्ण सँग गरिएको कुराकानी :
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया