कोशी प्रदेशमा एमाले नेतृत्वकाे सरकार ढल्याे

कोशी प्रदेशमा एमाले नेतृत्वकाे सरकार ढलेकाे छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वकाे सरकार ढलेकाे हाे।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा कार्कीले मागेकाे विश्वासको मतकाे पक्षमा ४६ र विपक्षमा ४३ मत परेको छ।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ (४) बमोजिम मुख्यमन्त्री कार्कीले प्रदेशसभामा बिहीबार उक्त प्रस्ताव पेश गरेका थिए।

प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ४७ मत आवश्यक हुन्छ। प्रदेशसभामा आजको बैठकमा कुल सङ्ख्या ९३ मध्ये ८९ प्रदेशसभा सदस्य उपस्थित थिए।

जनता समाजवादी पार्टीले मुख्यमन्त्रीको विश्वासको प्रस्ताव उपर तटस्थ बस्ने निर्णय गरेकाले पार्टीका एक मात्र प्रदेशसभा सदस्य निर्मला तावा लिम्बू आजको बैठकमा उपस्थित भइन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टीका एक जना सांसद छन्।

यस्तै, सरकारको नेतृत्व गरेको नेकपा एमालेसँग ४० र सरकारलाई समर्थन गरेकाे राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ६ मत मात्र छ।

प्रकाशित मिति: : 2023-06-30 13:46:00

प्रतिकृया दिनुहोस्