इलामबाट लखेटिए एमाले नेता भट्टराईः पहिचानवादीले देखाए कालो झण्डा, आक्रमणकाे प्रयास

नेकपा एमाले नेता योगेश भट्टराईलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका छन्।

७२औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सदरमुकाम इलाम बजार पुगेका भट्टराईलाई आन्दोलनरत पहिचान पक्षधरले कालो झण्डा देखाएको हो।

प्रदेश १ ले फागुन १७ गते कोशी नाम पाएसँगै पहिचान पक्षधर प्रदेश नाम संशोधनको माग गर्दै आन्दोलनरत छन्।

ऐतिहासिक पृष्ठभूमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले एमाले नेता योगेश भट्टराईलाई कालो झण्डा देखाएको संघर्ष समितिले जनाएको छ।

प्रकाशित मिति: : 2023-06-29 16:46:00

प्रतिकृया दिनुहोस्