पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत हाेइन: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नभएको बताएका छन्।

उनले आज (बिहिबार) प्रदेशसभाको तेस्रो अधिवेशनमा प्रदेशसभामा मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै यस्तो बताएका हुन्।

मुख्यमन्त्री कार्कीले मन्तव्य राख्ने क्रम जारी छ। यसअघि मुख्यमन्त्री कार्कीले अर्थमन्त्रीको हैसियतमा बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गरेका छन्। सो आफ्नो नेतृत्वमा सरकार गठन भएपछि प्रदेशको नामाकरण गर्नु महत्वपूर्ण उपलब्धि भएको उनले बताए।

उनले नीति तथा कार्यक्रम आउने अघिल्लो दिन र बजेट आउनुभन्दा ९ दिन अगाडि सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए। कोशी प्रदेशभित्र त्यहीँबाट अस्थिरताको खेल सुरु भएको बताउँदै मुख्यमन्त्री कार्कीले त्यही कारण संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन बाध्य हुनुपरेको बताए।

मुख्यमन्त्री कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

प्रकाशित मिति: : 2023-06-29 16:03:00

प्रतिकृया दिनुहोस्