आर्थिक वर्ष ०८०/८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित

आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रतिनिधिसभाबाट पारित भएको छ।

गत जेठ १५ गते अर्थमन्त्री डा.प्रकाश शरण महतले प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षकाे बजेट बुधबारकाे प्रतिनिधिसभाबाट बहुमतले पारित भएकाे हाे।

सभामुख देवराज घिमिरेले निर्णायार्थ प्रस्तुत गरेकाे ‘विनियाेजन विधेयक २०८०’काे पक्षमा  १ सय ४७ सांसदले मत दिएका छन्। भने, विपक्षमा १ सय ८ जना सांसदले मत गरे।

मत विभाजनमा २ सय ५५ जना सांसद सहभागी रहेकाेमा कुनै पनि सांसद तटस्थ बसेनन्।

बजेटको पक्षमा सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीलगायतले मत दिएका थिए।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले विपक्षमा मत दिएका थिए।

प्रकाशित मिति: : 2023-06-28 17:00:00

प्रतिकृया दिनुहोस्