कामना गरौं, नेपालले मिराकल जीत निकालोस् र गर्व गर्नलायक 'हेडलाइन' पढ्न पाइयोस् !

नेपाली बलरहरूको खराब प्रदर्शनको क्रम आज पनि रोकिएन । एकपछि अर्को बलर चुटिएपछि वेष्ट इण्डिजले नेपाललाई तीनसय ४० रनको लक्ष्य दियो । क्रिकेट महाशक्ति राष्ट्रका लागि यो लक्ष्य सामान्य भए पनि नेपालजस्तो कहिलै स्कोरबोर्डमा तीनसय रन ननघाएको उदाउँदो क्रिकेट राष्ट्रका लागि त्यो भेट्नु भनेको मिराकल नै हो ।

नेपालले कुनै समय दुईपटकको एक दिवशिय विश्व च्याम्पिएन रहेको वेष्ट इण्डिजविरूद्ध मिराकल जीत निकाल्ला कि भन्ने अपेक्षा गरिएको थियो । तर, एकपछि अर्को बलर पिटिदा त्यो अपेक्षामा तुवालो फागेको छ । यद्यपि,  क्रिकेटमा जे पनि सम्भव छ भन्ने डक्ट्रिनलाई मान्दा त अझै पनि मिराकलको अपेक्षा गर्न नसकिने हैन ।

वेस्ट इन्डिजका कप्तान साइ होप र निकोलस पुरनको शतकीय साझेदारी तोड्न नसक्दा नेपालले यति ठूलो लक्ष्य पाएको हो । साइले अन्तिम ओभरमा पेभेलियन फर्कनुअघि १२९ रनको सामना गर्दै १३२ रन बनाए भने पुरनले ९४ बलको सामना गर्दै ११५ रन बनाए । ७ विकेटको क्षतिमा ३३९ रन बनाएको वेष्ट इण्डिजका लागि २४७ रन त यी दुबैले बनाएपछि अरूले खासै खेल्नु परेन । बार्डन किङ ३२, पावेलले २९ रन, होल्डर १६ रन र  केयल मेयर्सले १ रन जोडे भने जोन्सनले रनको खाता खोल्नै सकेनन् ।   

अन्तिम स्पेलमा ललित राजवंशीले तीन विकेट लिए पनि त्यो ढिलो भैसकेको थियो । आज करण नराम्ररी चुटिए । उनले एक विकेट लिन ८१ रन दिए । करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दीपन्द्रसिंह ऐरीले समान एक-एक विकेट लिए ।

नेपाली बलरहरूको खराब प्रदर्शनको क्रम नरोकिँदा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको लक्ष्य पाएको छ । क्रिकेट महाशक्ति राष्ट्रका लागि लक्ष्य सामान्य भए पनि नेपालजस्तो कहिलै स्कोरबोर्डमा ३०० रन नकटाएको उदाउँदो क्रिकेट राष्ट्रका लागि अजङ्गको पहाड जस्तै हो । यद्यपि, क्रिकेटमा असम्भव केही नहुने भएकाले नेपालले मिराकल जीत निकाल्न पनि सक्छ ।

बलात्कारको आरोप लागेका सन्दीप लामिछानेका शुभिचत्नकका लागि भने मूतको न्यानो लिने ठाउँ बन्यो । उनले पूरै १०ओभर बलिङ गर्दा ५० ररन लिएर यस श्रृंखलामा विकेटको खाता खोले ।  यसअघिका दुई म्याचमा उनको धोवीचुटाई भएको थियो । 

अझै पनि नेपालले जीत निकाल्न नसक्ने हैन । रन बनाउन सकिने पिच देखिएको मैदानमा नेपाली ब्याट्सम्यानले दमदामदार व्याटिङ गर्दै ३४० को लक्ष्य भेटाउन पनि सक्छन् । त्यसका लागि ओपनर जोडी जम्नुपर्छ भने बाँकिले पनि विकेट जोगाउँदै धमकेदार ब्याटिङ गर्नुपर्ने हुन्छ । त्यसो भयो भने नेपालले लगभग असम्भवजस्तो देखिएको जीत निकाल्दै एक समयको विश्व च्याम्पियनलाई समेत जितेको कीर्तिमान बनाउन सक्छ । यद्यपि, यतिबेला वेष्ट इण्डिज इतिहासकै लाजमर्दो अवस्थाबाट गुज्रिरहेको छ । विश्वकपको फाइनल चरण खेल्न नेपाल जस्तो उदियमान क्रिकेट राष्ट्रसँग १९-२० को अवस्थामा मैदान उत्रनु त्यही खराब हालतको  प्रमाण हो । 

कामना गरौं, नेपालले मिराकल जीत निकालोस् र गर्व गर्नलायक 'हेडलाइन' लेख्न/पढ्न पाइयोस् !

प्रकाशित मिति: : 2023-06-22 16:22:00

प्रतिकृया दिनुहोस्