वडाहरुको सहयोगमा नवनिर्मित प्रहरी प्रभाग भवनको उद्घाटन

शनि शाक्य

ललितपुर

प्रहरी प्रभाग ललितपुरको आवसीय भवन उद्घाटन भएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बिहीबार एक समाराेहबीच सो भवनको उद्घाटन गरेका हुन्।

ललितपुर महानगरका वडाहरुको सहयोगमा निर्माण भएको उक्त भवनको उद्घाटन गर्दै प्रमुख महर्जनले महानगरकाे स्मार्ट सिटीकाे अवधारणाअनुसार प्रहरीलाई स्मार्ट बनाउनका लागि भवन निर्माण गरेको बताए।

‘ललितपुर महानगरपालिका मात्र स्मार्ट हाेइन, नेपाल प्रहरी पनि स्मार्ट हुन जरुरी रहेकाले साेही अनुरूप भवन निमार्ण गरिएको हो। पालिकाले हरेक क्षेत्रमा सक्ने सहगोग गर्छ’, मेयर महर्जनले भने।

ललितपुरका ६, ७, ८, ९, ११, १२, १६, १७ र १९ नम्वर वडाहरुको आर्थिक सहयोगमा उक्त भवन बनेको हो। उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, प्रहरी परिसर प्रमुख शिद्धी विक्रम शाहलगायतको उपस्थिति थियो।

प्रकाशित मिति: : 2023-06-22 16:19:00

प्रतिकृया दिनुहोस्