बुधबार, १७ डिसेम्बर २०२५

वेस्ट इन्डिजविरुद्ध सन्दीपले लिए तेस्राे विकेट (अपडेट)

News Image
• • •

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले वेस्ट इन्डिजविरुद्ध तेस्राे विकट लिएकाे छ। जिम्बाब्वेकाे राजधानी हरारे स्पोर्टस् क्लबमा जारी खेलमा नेपालका सन्दीप लामिछानले तेस्राे विकेट लिएका हुन्।

सन्दीपले खेलकाे १५ दशमफ ३ ओभरमा वेस्ट इन्डिजका ब्रन्डन किङलाई आउट गरे। किङ ४२ बलमा ३२ रन बनाएर खेलिरहेका थिए।

जारी प्रतियाेगितामा सन्दीपकाे याे पहिलाे विकेट हाे। सन्दीप यसअघिका दुई खेलमा विकेटविहीन रहेका थिए।

यसअघ नेपालकाे लागि करण केसी र गुल्सन झाले १–१ विकेट लिएका थिए।

वेस्ट इन्डिजले अहिले ५५ रन मात्रै बनाएर खेलिरहेकाे छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!