अफगानिस्तानमा सुरुङ विस्फोट हुँदा एक जनाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

अफगानिस्तानको पूर्वी वर्दक प्रान्तमा शनिबार विगतका युद्धबाट बाँकी रहेको खानी विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। 

शनिबार दिउँसो एकजना व्यक्ति वर्दक प्रान्तको राजधानी मैदान शार शहरको सडकमा फोहोर जम्मा गर्ने क्रममा फोहोरको बीचमा लुकाइएको विस्फोटक पदार्थ विस्फोट हुँदा सो व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो। 

अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा सोमबार यस्तै दुर्घटनामा एक बालकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

प्रकाशित मिति: : 2023-06-18 19:27:00

प्रतिकृया दिनुहोस्