प्रधानमन्त्री प्रचण्डका भाञ्जासँग सोविता गौतमले कसिन् लगनगाँठो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन्।

उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग जेठ ७ गते पारिवारिक जमघटमा विवाह गरेकाे बताइएकाे छ।

गृहेन्द्र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाञ्जा पर्छन्। उनी माओवादीमा आवद्ध रहेकाे बुझिएकाे छ। 

उनीहरू लामो समयदेखि प्रेममा सम्बन्धमा रहेकाे बताइएकाे छ। विवाहपश्चात अहिले उनीहरू जापान भ्रमणमा छन्।

चितवन घर भएका गृहेन्द्र हिमालयन बिल्डर्सका डाइरेक्टर र ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष हुन्।

सोविता गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ काठमाडौं-२ बाट निर्वाचित भएकी हुन्।

प्रकाशित मिति: : 2023-06-02 18:28:00

प्रतिकृया दिनुहोस्