देउवापुत्र जयवीर र शिवानाले गरे ‘इन्गेजमेन्ट’

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन्। उनीहरुको बिहीबार साँझ एक विशेष समारोहीबीच इन्गेजमेन्ट गरेको सामाजिक सञ्जालमार्फत् जानकारी गराइएको छ।

टिकटकमा सार्वजनिक गरिएको भिडियोमा देउवा, देउवापत्नी आरजु राण तथा शिवानाकी परिवार सहभागी छन्। जयवीर र शिवानालाई टीका र मालामा देखिएका छन्।

जयवीर र शिवाना लामो समयदेखि प्रेम सम्बन्धमा थिए।

जयवीर व्यवसायी हुन भने शिवानाले कभर गीत गाउँछिन्।

प्रकाशित मिति: : 2023-06-02 15:20:00

प्रतिकृया दिनुहोस्