बिएल संवाददाता
चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि कराँतेको अन्तिम छनोट सम्पन्न भएको छ।
एसियाड आगामी असोज ६ देखि २१ गते सम्म हुनेछ।देखि चीनमा हुने एसियाली खेलकुदका लागि कराँतेबाट आठजना खेलाडी छनोट भएका हुन्। छनोट प्रतियोगिता जेठ १६ र १७ गते भएको थियो जसमा कुमुतेतर्फ ३ महिला र ३ पुरुष गरी ६ जना भएका हुन भने कातातर्फ १–१ जना महिला र पुरुष खेलाडी छनोट भएका छन्।
यी हुन छनोट भएका खेलाडी :
पुरुष:
विप्लव श्रेष्ठ (८४ केजीमाथि)
मोहम्मद शेख आलाम (६७ केजीमुनि)
सन्तोष श्रेष्ठ (६० केजीमुनि)
स्वर्णिम मानन्धर (एकल काता)
महिला:
आरिका गुरुङ (६७ केजीमाथि)
निरुपा तामाङ (६१ केजीमुनि)
सविना श्रेष्ठ (५५ केजीमुनि)
एलिशा रास्कोटी (एकल काता)
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया