कांग्रेस नेतृ मीना पाण्डेको निधन

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, बालबालिका तथा समाजकल्याण पूर्वराज्यमन्त्री मीना पाण्डेको निधन भएको छ।

मंगलबार काठमाडौंको गौशालास्थित निवासमा पाण्डेको निधन भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ।

पाण्डेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा एक घण्टा राखिनेछ।

प्रकाशित मिति: : 2023-05-30 17:47:00

प्रतिकृया दिनुहोस्