हबिबे योक्सेलको लागि उँट कुस्ती एउटा खेल मात्र नभई उनको परिवारको विरासत पनि हो। ७० वर्षअघि योक्सेलका हजुरबुवाले सुरू गरेको चलनलाई निरन्तरता दिँदै परम्परागत रूपमा पुरूष–प्रधान खेलमा पश्चिमी टर्कीकाे एकमात्र महिलाको रूपमा हबिबेले अद्वितीय स्थान बनाएकी छिन्।
‘उँट कुस्तीमा साहस चाहिन्छ। साहस पुरूषहरूको लागि मात्र हो भन्ने मानिसहरू सोच्छन्’, याेक्सेलले भनिन्।
सामान्यतया १० मिनेटसम्म चल्ने राउण्डको उँट कुस्तीमा दुईवटा नर उँटहरू भिड्छन्। नरहरूलाई 'मूड'मा ल्याउनको लागि नजिकै पोथी उँट चाहिने भएकोले खेलहरू प्राय: नोभेम्बरदेखि मार्चसम्म संभोगको मौसममा खेलाइन्छन्।
उनले टर्कीको एजियन तटमा आधिकारिक रूपमा उँट कुस्तीमा संलग्न एक मात्र महिलाको रूपमा आफ्नो नाममात्र कमाएकी छैनन्। विगत एक दशकमा आफ्ना प्रतिस्पर्धी ड्रोमेडरी, इफेकान र मेगासँग धेरै उपाधिहरू पनि जितेकी छन्।
लडाइँको मैदानबाट टाढा, जहाँ उनले आफ्नो प्रसिद्धि हासिल गरेकी छन्। ५५ वर्षीया एकाउन्टेन्टको रूपमा काम गर्छिन्, जसले बिल तिर्न र उनको परिवारलाई सहयोग गर्छ। जसमा उनको वृद्ध आमा पनि समावेश छिन्।
नाम कमाएको लडाइँकाे मैदानबाट टाढा ५५ वर्षीया योक्सेल एकाउन्टेन्ट पनि हुन्। आफ्नो खर्च टार्न र उनको वृद्ध आमा समावेश भएको परिवार चलाउन उनले काउन्टेन्टको काम गरेकी हुन्।
सन् १९७० मा प्रजनन र आर्थिक मागहरू पूरा गर्न नसकेपछि उनको हजुरबुवाले बाध्य भएर छोड्नु परेको खेल योक्सेलले सन् २००९ मा इफेकान र मेगा नामक तीन वर्षीय बाछो किनी खेललाई निरन्तरता दिएकी हुन्।
उँटहरूको हेरचाह गर्न योक्सेल परिवारलाई वार्षिक ७५ हजारदेखि १ लाख लीरा (लगभग ५,३०० डलर) खर्च हुन्छ। चाडपर्व र मेलाबाट कमाई नहुने हुँदा खर्च हुने लगभग सबै पैसा उनीहरू आफैँले लगानी गर्नुपर्छ। अहिलेको समयमा एउटा लडाइँ उपयुक्त उँट १ देखि २ लाख लिरा पर्न जान्छ।
आफ्नो सपना, परिवारको इतिहास र स्थानीय संस्कृतिलाई जीवित राख्नको लागि लगानी गर्नु परेकोमा योक्सेल पछुतो मान्दिनन्। वसन्त ऋतु र गर्मीभरि उँटहरूलाई खुवाएर हेरचाह गरी आगामी लडाइँ सिजनको लागि तयार पारिन्छ।
जौ, भेच, अंगुर र ओट्सको पोषक–तत्वले भरिपूर्ण आहार दिएर तिनीहरूलाई अफ–सिजनमा विस्तारित अवधिको लागि अस्तबलहरूमा घरभित्र राखिन्छ। कुनै पनि प्रकारको श्रमको लागि प्रयोग गरिँदैन।
गम्भीर चोटपटक वा मृत्यु मुलत नभए पनि केही मालिकहरूले पराजित उँट काटेर स्थानीय गाउँलेहरूलाई मासु बाँड्ने गर्छन्। यी क्षेत्रहरूमा विशेष गरी चाडपर्वको मौसममा उँट ससेज सामान्यतय पाइन्छ।
टर्कीमा पशु अधिकार समूहहरूले लामो समयदेखि उक्त खेलकुद र उँटहरूविरूद्ध अनैतिक व्यवहारको विरोध गरिरहेका छन्।
खेललाई टर्कीको सामाजिक र सांस्कृतिक सम्पदाको रूपमा कानुनले संरक्ष्ण गरेको छ। नगरपालिकाहरूले चाडपर्वहरूको समय उँट र उँट मालिकका लागि यातायात तथा आवास खर्चसमेत दिने गरेका छन्। (एजेन्सीको सहयोगमा)