शरणार्थी प्रकरण: अदालतमा तीन जनाको बयान सुरु

File Photo
File Photo

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तीन जना आरोपितको बयान सुरु भएको छ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान सुरु भएको हो।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा पक्राउ परेका १६ जनामध्ये यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंककुमार गुरुङको बयान लिइएको थियो।

याे प्रकरणमा पक्राउ परेकाहरूका आरोपितहरुको जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा बयान लिन थालिएको हो।

प्रकाशित मिति: : 2023-05-30 12:29:00

प्रतिकृया दिनुहोस्