काभा वुमन्स च्यालेन्ज कप: उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो स्थानमा

राजधानीमा जारी एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै तेस्रो भएको हो।

पहिलो सेटमा २५-२० गुमाएको नेपालले तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो। दोस्रो सेटमा १६-२५ तेस्रो सेटमा १५-२५ र चौथो सेटमा १३-२५ को सेट निकाल्दै उज्वेकिस्तानलाई पराजित गरेको हो।

आज बेलुका ४ बजे उपाधिका लागि भारत र काजकस्तानबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोली पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ।

प्रकाशित मिति: : 2023-05-28 13:34:00

प्रतिकृया दिनुहोस्