बजेट बारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे बैठक बोलाएका हुन्। 

भोलि संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय गर्नका लागी बैठक बस्ने भएको  हो। 

मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री लगायतसँग राजनीतिक परामर्श गर्ने छन् भने त्यससँगै कूटनीतिज्ञहरूसँग पनि परामर्श गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति: : 2023-05-28 10:05:00

प्रतिकृया दिनुहोस्