नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद विश्वप्रकाश शर्माले २००७ सालदेखिकै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको शनिबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शर्माले जिम्मवार ढंगले सालदेखिकै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका हुन्।
‘हामी ठिक ठाउँमा उभिएका छाैँ, अब भ्रष्टाचारकाे फाइल खालाैँ। फाइल खाेलाैँ भन्दै गर्दा अमुक फाइल खाेल्याे भने अमुक पार्टीकाे अध्यक्षलाई तान्न सकिएला, अमुक फाइल खाेल्याे भने चाहिँ अर्काे पार्टीकाे अध्यक्षलाई तान्न सकिएला भन्ने मनाेविज्ञानले हाेइन, आवेगले हाेइन जिम्मवार ढंगले सात सालदेखिकै फाइल खाेलाैँ र एउटा ठिकठिक ढंगले कारबाहीकाे सन्दर्भमा कुनै मालाहिजा नराखिकन यसलाई सम्बाेधन गरेर जाऔँ’, उनले भने।
यसैगरी सांसद शर्माले मुलुकको आर्थिक चुनौतीलाई पार लगाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
उनले भने, ‘हिजो परिवर्तनका लागि एक ठाउँमा उभिएका राजनीतिक दलहरू आजको आर्थिक चुनौतीलाई पार लगाउन एक ठाउँ उभिन जरुरी छ। गणतन्त्र १५ वर्ष पुग्दै गर्दा आत्मसमीक्षा गरेर हामीले यसलाई आत्मसाथ गर्नुपर्छ।’