पशुपतिनाथको जलहरीबारे माओवादी सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति

माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने सहमति भएको छ।

शनिबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको हो।

यसैगरी जलहरीका सम्बन्धमा सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सम्बोधनका क्रममा प्रष्ट पार्ने सहमति भएको छ। तीन दलबीच सहमति भएसँगै एमालेले अब संसद् अवरोध पनि नगर्ने  भएकाे छ।

बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक गिरी सहभागी थिए। 

प्रकाशित मिति: : 2023-05-27 11:14:00

प्रतिकृया दिनुहोस्