सनीराज शाक्य
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका शरणार्थी नेता टेकनाथ रिजालले प्रहरीको गाडीबाट ओर्लिएर सर्वसाधारणलाई धम्काएका छन्। आज (शुक्रबार) बयानको क्रममा जिल्ला अदालत काडमाडौँमा ल्याइएको उनले अदालत अगाडिको बाटोमा सर्वसाधारणलाई धम्क्याएका हुन्।
अदालतमा बयान दिएपछि प्रहरीले उनलाई गाडीमा राखेको थियो। त्यसैक्रममा अदालत बाहिर रहेका एक सर्वसाधारणाले देशबेचुवा गए भनेपछि रिजाल आक्रोशित हुँदै गाडीबाट ओर्लिएर एक सर्वसाधारणलाई धम्काएका थिए।
रिजाल गाडीबाट फर्किएर को देश बेचुवा ? भन्दै प्रश्न गरे। त्यसपछि ती सर्वसाधारण र रिजालबीच थप विवाद भएको थियो। तर, प्रहरीले रिजाललाई समाएर गाडीमा बसाल्यो। ती सर्वसाधारणले भुटानबाट आएर देश बेच्ने भन्दै आक्रोशित बने।
रिजालले देश बेचुवा भन्ने ती सर्वसाधारणलाई को देश बुचवा हो ? चिन्नु पर्दैन भन्ने धम्काएका हुन्। त्यसपछि जेष्ठ नागरिक जस्ता देखिने ती नागरिकले आक्रोशित भए। भने, ‘हाम्रो देश बेचिएको छ। तपाईं भुटानबाट आएर देश बेच्ने। अनि देश बेचेर ठुला कुरा गर्ने। हामीले बाटोमा कुरा गर्न नपाउने अधिकार हो ?’
भिडियाे :
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया