सनीराज शाक्य
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका शरणार्थी नेता टेकनाथ रिजालले प्रहरीको गाडीबाट ओर्लिएर सर्वसाधारणलाई धम्काएका छन्। आज (शुक्रबार) बयानको क्रममा जिल्ला अदालत काडमाडौँमा ल्याइएको उनले अदालत अगाडिको बाटोमा सर्वसाधारणलाई धम्क्याएका हुन्।
अदालतमा बयान दिएपछि प्रहरीले उनलाई गाडीमा राखेको थियो। त्यसैक्रममा अदालत बाहिर रहेका एक सर्वसाधारणाले देशबेचुवा गए भनेपछि रिजाल आक्रोशित हुँदै गाडीबाट ओर्लिएर एक सर्वसाधारणलाई धम्काएका थिए।
रिजाल गाडीबाट फर्किएर को देश बेचुवा ? भन्दै प्रश्न गरे। त्यसपछि ती सर्वसाधारण र रिजालबीच थप विवाद भएको थियो। तर, प्रहरीले रिजाललाई समाएर गाडीमा बसाल्यो। ती सर्वसाधारणले भुटानबाट आएर देश बेच्ने भन्दै आक्रोशित बने।
रिजालले देश बेचुवा भन्ने ती सर्वसाधारणलाई को देश बुचवा हो ? चिन्नु पर्दैन भन्ने धम्काएका हुन्। त्यसपछि जेष्ठ नागरिक जस्ता देखिने ती नागरिकले आक्रोशित भए। भने, ‘हाम्रो देश बेचिएको छ। तपाईं भुटानबाट आएर देश बेच्ने। अनि देश बेचेर ठुला कुरा गर्ने। हामीले बाटोमा कुरा गर्न नपाउने अधिकार हो ?’
भिडियाे :
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया