जुम्लामा प्रभु बैंले एटीएम सेवा सुचारु गरेकाे छ।स्थापनाकाे छाेटाे समयमा बैंले ग्राहक लक्षित एटीएम सेवा सुचारु गरेकाे हाे।
चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत र उपमेयर रामदेजी खड्काले संयुक्त रुपमा एटीएम सेवाकाे सुचारु गरेका हुन। सेवा सुचारु भएकाे घाेषणा गर्दै मेयर कठायतले बैंक तथा वित्तीय संस्थाकाे विकास हुँदा आर्थिक वृद्धि हुने बताए। 'जबसम्म ग्रामिण स्तरसम्म वित्तीय सेवा पुग्दैन तबसम्म जनताकाे आर्थिक विकास हुँदैन,' उनले भने, 'एटीएम जस्ता आधुनिक खालका सेवाले हाम्राे वित्तीय जीवनलाई सलर बनाउँदै लगेकन छन्।'
बैंकले स्कुल, कलेजहरु र गाउँघरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर बैंक तथा वित्तीय संस्थाकाे सेवाबारे जानकारी दिने काम गरिरहेकाे बैंकका शाखा प्रबन्धक कृष्ण प्रसाद आचार्यले बताए। कुला तीन सय एक शाखा संचालन गरेकाे बैंकले हालसम्म दुई सय ५९ एटीएम मेसिन संचालनमा ल्याएकाे छ।