प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भइरहेको छ। उनीहरुबीच नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा छलफल भइरहेको संसद सचिवालयले जनाएको छ।
आज (बिहीबार) बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच प्रश्नोत्तर हुने कार्यासूची रहेको छ। आज प्रधानमन्त्री प्रचण्डलाई १५ सांसदले प्रश्न सोध्ने कार्यसूची रहेको छ।
प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्ने भनिएता पनि अहिलेसम्म सुरु हुन सकेको छैन।