शरणार्थी प्रकरणबारे ओलीले भने- फिल्म सुरु हुन अझै बाँकी छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा दोषी छुट्न नहुने र निर्दोष फस्न नहुने बताएका छन्।

आजबाट पार्टीको केन्द्रीय कार्यालयमा सुरू हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनुअघि पत्रकारसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

ओलीले अझै भुटानी शरणार्थी प्रकरणमा फिल्म हेर्न बाँकी रहेको बताएका छन्। फिल्म त सुरु भयो भन्ने लाग्या छ? भन्ने पत्रकारको प्रश्नमा उनले फिल्म त सुरु हुन  अझै बाँकी रहेको बताए।

भुटानी शरणार्थी प्रकरणमा केही व्यक्ति पक्राउ परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टेलर सुरु भएको भन्दै फिल्न हेर्न बाँकी रहेको बताएका थिए।

प्रकाशित मिति: : 2023-05-11 11:50:00

प्रतिकृया दिनुहोस्