खेलाडीलाई त्यति फाइदा हुन्छ। प्रेमीलाई चाहिँ प्रेमका नियम जति कम जान्यो, त्यति फाइदा।
खेलाडीले अरूले बनाइदिएको नियमअनुसार खेल्छ। प्रेमीले आफ्नो नियम बनाउँछ।
खेल नियममा बाँधिएर खेलिन्छ तर प्रेम नियमलाई नाघेर।
खेलमा जित्दा मजा आउँछ। प्रेममा हार्दा।
क्रिकेट चाहिँ मेरो प्रेम पनि थियो र खेल पनि।
बीस-पच्चीस वर्षअघि झापाको एउटा गाउँमा हामी क्रिकेटसँग प्रेम गर्थ्यौं। मैले 'हामी क्रिकेट खेल्थ्यौं' लेखिनँ। किनकि खेलका नियमअनुसार हामी खेल्दैन थियौं। हामीलाई क्रिकेटका नियमहरू थाहा थिएनन्।