बालकृष्ण खाँण समातिएपछि देउवा, ओली र प्रचण्ड सिंहदरबारमा

सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे हाे।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान उत्कर्षमा पुगेर हाइ प्रोफाइल नै मुछिरहेका बेला तीन दलका शीर्ष नेताहरु छलफलमा बस्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ।

आजै मात्रै कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। भने, एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार छन्। रायमाझीलाई एमालेले निलम्बन गरिसकेको छ।

प्रकाशित मिति: : 2023-05-10 14:55:00

प्रतिकृया दिनुहोस्