नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानविन र अनुसन्धानलाई काँग्रेसले पूर्ण रुपमा सहयोग गर्नुपर्ने बताएका छन्।
बुधबार बिहान काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनले अनुसन्धानलाई काँग्रेसले पूर्ण सहयोग गर्नुपर्ने बताएका हुन्।
शरणार्थी प्रकरणमा कसैलाई पनि ढाकछोप गर्ने वा चोख्याउने काम गर्न नहुने पौडेलेको भनाइ छ। ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्छ,’ उनले भनेका छन्, ‘कोही कसैले वा कहीं कतैबाट प्रभावित गर्ने काम हुनुहुँदैन। प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस्।’
पौडेलले को कुन पार्टीमा छ, कोसँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘को कुन पार्टीमा छ, को सँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन होस्।’