संसदमा राप्रपाको नाराबाजी, बैठक स्थगित 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको छ।

आफूहरुले संसदमा बोल्न नपाएको गुनासो गर्दै राप्रपाले रोस्टम अगाडि उभिएर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले संसद बैठक १५ मिनेटका लागि स्थगन गरेका छन्। 

बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरेका थिए। तर सभामुख घिमिरेले प्रिबजेट छलफललाई अगाडि बढाएपछि राप्रपाका सांसदहरु रोस्टम अगाडि नै आएर नाराबाजी गरेका थिए।

प्रकाशित मिति: : 2023-05-10 11:27:00

प्रतिकृया दिनुहोस्