आज जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।
आजको बैठकमा सरकारमा सहभागी हुने विषय र पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ। बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बोलाइएको केन्द्रीय कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए।
जसपाले यही जेठ १, २, र ३ गते विधान अधिवेशन गर्दैछ। त्यस्तै आजको बैठकमा जसपाको भागमा परेको मन्त्रालयमा मन्त्री पठाउनेबारे पनि छलफल हुने उनको भनाइ छ।