एमालेले सचिवालय बैठकबाट टोपबहादुर रायमाझीबारे कुनै ‘एक्सन’ लिन सकेन

नेकपा (एमाले)को आज (मंगलबार) बसेको सचिवालय बैठकले शरणार्थी प्रकरणमा मुछिएका आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीको विषयमा कुनै निर्णय लिएन।

बैठकमा शरणार्थी प्रकरणबारे हल्ला छलफल भएपनि टोपबहादुरको विषयमा कुनै निर्णय नगरिएको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बताए।

‘टोपबहादुरजीको विषयमा लामो छलफल गर्ने कुरा भएन, नेकपा एमाले कानुनको साशनमा विश्वास गर्ने पार्टी हो। त्यसकारण कानुनको परिपालन गर्ने कुरामा हामीले निर्वाह गर्नुपर्ने भूमिकामा खासगरी हाम्रा सचिव टोपबहादुरको अनुसन्धानमा कानुनको शासन, विधिको शासन मान्ने भएको हुनाले विधिपूर्वक र कानुनपूर्वक अनुसधान गर्ने प्रक्रियामा सघाउँछौँ,’ उनले भने।

अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुको बैठकमा यो प्रकरणमा मुछिएका रायमाझीलाई निलम्बन गर्नेसम्म बताएपनि आजको बैठकमा केही निर्णय हुन सकेन्।

रायमाझीको विषयमा बिहीबारदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकमा निर्णय गरिने गुरुङले जानकारी दिए।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यक्रमा संलग्न रहेको भन्दै टोपबहादर रायमाझीविरुटद्ध पक्राउ पुर्जी जारी भएको छ। उक्त पक्राउ पुर्जी जारी भएयता टोपबहादुर रायमाझी फरार छन्।

प्रकाशित मिति: : 2023-05-09 18:22:00

प्रतिकृया दिनुहोस्