यस्ताे छ एमालेका फरार सांसद टोपबहादुरको साढे तीन तले महल (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं
BreaknLinks
BreaknLinks

पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी अहिले फरार छन्। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठ रहेको आरोपमा जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेपछि उनी ६ दिनदेखि प्रहरीको आँखा छलेर टाप कसेका छन्।

रायमाझी पक्राउ पुर्जी जारी हुँदा गृह अर्घाखाँचीमा थिए, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बुधबार साँझा सभामुख देवराज घिमिरेसँगै काठमाडौँ हिँडेका उनी अहिले भारत पुगेको प्रहरीको आशंका छ।

यद्यपि, प्रहरीले आज (मंगलबार) रायमाझीको काठमाडौँको सातदोबाटोमा रहेको घरका खानतलासी गरेको छ।

प्रकाशित मिति: : 2023-05-09 16:40:00

प्रतिकृया दिनुहोस्