विश्वप्रकाशका १५ वर्षमा १० योजना: प्रविधियुक्त घरदेखि अर्गानिक भान्सासम्मको कल्पना (भिडियाे)

नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले १५ वर्षमा १० महत्वपूर्ण कामहरु गर्नुपर्ने औँल्याएका छन्।

मंगलबार प्रतिनिधिसभामा विनियोजित विधेकमाथिकाे छलफलमा भाग लिँदै शर्माले १५ वर्षमा प्रत्येक नेपाली परिवारको प्रविधियुक्त घरदेखि अर्गानिक भान्सा हुनुपर्ने कल्पनासहितको योजना सुनाए।

नेपालमा केही नभएको भन्ने हल्ला धेरै भएको भन्दै त्यस्तो निरासा जनतामा बाँड्न नहुने बताए। उनले आधा गिलास खाली देख्नेहरुले आधा गिलास भरिएको पनि देख्नुपर्ने बताए। शर्माले नेपालमा अझै गर्न धेरै बाँकी रहेको भन्दै योजनाअनुसार काम गर्नुपर्ने र १५ वर्षमा गर्न सकिने केही योजना सुनाए।

अगाडि भने, ‘अबको १५ वर्षमा पुग्दै गर्दा हरेक नेपालीको एउटा प्रविधियुक्त घर होस्, जुनै पेशा अंगाले पनि आत्मसम्मानको सामाजिक वातावरण प्राप्त होस्, सबैलाई रोजगारी, व्यवसाय सुनिश्चित होस्, आफ्नै देशको अर्गानिक भान्सामा पाकोस्, स्वास्थ्यको उपलब्धता सहज होस्।’

तस्तै शर्माले रोजाइको पढाइ निःशुल्क प्राप्ति वा आर्थिक योगदान गर्न सकिने अवस्था हुनुपर्ने, पर्यावरणसहितको भौतिक विकास प्रयाप्त हुनुपर्ने, साहित्य, संगीत, सिनेमा आदि क्षेत्रबाट देशले निरन्तर प्रतिष्ठा हासिल गरिरहेको अवस्था हुनुपर्ने, सबै नेपालीलाई सामाजिक विभेदबाट मुक्त सदस्य हुँ भन्ने गौरव प्राप्त हुनुपर्ने र प्रयाप्त सुख नभएपनि खुशी पारिवारीक जीवन हरेक नेपालीले प्राप्त गरेको हुनुपर्ने उनको योजना छ। उनले १५ वर्षमा यो योजना सम्भव रहेको पनि दाबी गरे।

प्रकाशित मिति: : 2023-05-09 13:02:00

प्रतिकृया दिनुहोस्