नक्कली शरणार्थी काण्ड ‘दूधका दूध, पानीका पानी’ छुट्याएर मात्रै सदनलाई सूचारु गरियोस्– चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नक्कली शरणार्थी प्रकरण दूधका दूध पानीका पानी छुट्याएर दोषीलाई कारबाही गरेर मात्रै संदन सञ्चालन गर्नुपर्ने माग राखेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठको शून्य समयमा बोल्दै केसीले विगतमा पनि यस्ता काण्ड आउने र हराउने मात्रै भएको अवस्थामा अब भने दोषीलाई कारबाही नगरी संसद सूचारु गर्न नहुने प्रक्रिाया दिए।

नक्कली भुटानी शरणार्थी प्रकरणले संसद बैठक तात्किएको प्रशंग उठाउँदै उनले भने, ‘यसभन्दा पहिला पनि नेपालका शासकहरु राज्य सत्तामा बस्नेहरुले गर्नु नगर्नु गर्ने र यस्तै गरेर सदन तातिन्थ्यो, त्यसपछि नयाँ काण्डहरु आउँछन र संसदको ध्यान नयाँ काण्डतिर जान्छ। त्यसकारण यो जुन कारण भएको यो काण्डलाई दूधको दूध पानीको पानी छुट्याइयोस् र यस खालका मान्छेको बिक्री/विरतण गर्ने व्यापारीहरुलाई कडा कारबाही होस् र सदनको काम कारहबाही बल्ला सूचारु रुपले अगाडि जान्छ।’

प्रकाशित मिति: : 2023-05-08 12:04:00

प्रतिकृया दिनुहोस्