संसदमा उठ्यो नक्कली शरणार्थी प्रकरण, कारबाही गर्न सत्ता र प्रतिपक्ष दुबैको माग

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरण संसदमा जोडदारका साथ उठेको छ। आइतबार सुरु भएको संसदको दोस्रो अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसदहरुले शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाही गर्न माग गरेका छन्।

सत्ता–प्रतिपक्ष दुबै पक्षका सांसदले शरणार्थी प्रकरणमा जोडिएका सबैलाई कारबाही गर्नु पर्ने र देशका अन्य भ्रष्टाचार काण्डहरुको फाइल खोल्नुपर्ने माग गरेका छन्। मुलुकका जति पनि भ्रष्टचारका काण्ड छन् ती सबै एउटा आयोग बनाएर छानबिन हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले माग गरे।

उनले कलियुगको ३३ वर्षमा ३३ सय काण्ड भएको भन्दै सबका सबै काण्ड एउटा आयोगमार्फत छानबिन हुनुपर्ने बताए। लडाकु शिविरको काण्डदेखि भुटानी शरणार्थी सबै छानविन गर्ने सांसद ढकालको माग छ।

नेपाल मजदुर किसान पार्टीका उपाध्यक्ष तथा सांसद प्रेम सुवालले भुटानी शरणार्थीमा जोडिएका सबैलाई कारबाही हुनुपर्ने माग गरे। संसद सुरु हुनसाथ संसदमा बिरोध जनाउँदै उनले यस्तो माग गरेका थिए।

यस्तै नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले सत्ता आडमा सत्ता पक्षको मान्छेलाई बचाउन नपाइने माग गरे। ‘राज्यको करडौँ अरबौँ रकम खाने सबै छानविन हुँदैछ। तर, हामी सुन्दै छौँ। सत्ताको आडमा कतिपयलाई उन्मुक्ति दिइँदैछ। कतै सत्ता पक्षकालाई उन्मुक्ति दिने र अन्यलाई कारबाही गर्ने खेलत हुँदैछैन ?’ प्रश्न गर्दै उनले भने, ‘यस्तो गर्न पाइदैन सबैमाथि छानबिन हुनुपर्छ।’

एमालेकै सांसद सूर्यबहादुर थापाले प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’को अभिव्यक्तिलाई व्यंग्य गर्दै भ्रष्टाचार कण्डाको फिलिम हेर्न आफू आतुर भएको बताए। प्रधानमन्त्री प्रचण्डले शनिबार शरणार्थी प्रकरणमा अहिले टेलर मात्र देखिएको र पूरा फिलिम देखिन लागेको बताएका थिए।

त्यसैलाई व्यङ्ग्य गर्दै उनले भने, ‘मलाई प्युठानका जनताले टिकट काटेर पठाएका छन्। म कमानसिंह लामा ठगी प्रकरणदेखि सबैको फिलिम हेर्न चाहन्छु।’ उनले नक्कली शरणार्थी बनेर जाने पनि नपालीहरु पनि अपराधी रहेको बताएका थिए।

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले एमालेलाई शरणार्थी प्रकरणमा छानविनका लागि सहयोग गर्न आग्रह गर्दै अपराधी लुकाउने गेरी विषयलाई नबङग्याउन आग्रह गरे। उनले शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई प्रहरीमा बुझाएर छानविन गर्नका लागि सहयोग गर्न आग्रह गरे।

नेपाली काँग्रेसका रामहरि खतिवडा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सासंद ज्ञानबहादुर शाहीलगायतले शरणार्थी प्रकरणमा सबैलाई कारबाही गर्न आग्रह गरेका थिए।

प्रकाशित मिति: : 2023-05-07 19:15:00

प्रतिकृया दिनुहोस्