एमालेलाई माओवादी सांसदको सुझाव– टोपबहादुर रायमाझीलाई बुझाउनुहोस्, त्यसमै तपाईंहरुको कल्याण छ

नेकपा (माओवादी केन्द्र)का सांसदले प्रमुख प्रतिपक्ष दल एमालेलाई शरणार्थी प्रकरणमा विषयअन्तर नगरी पक्राउ पुर्जी जारी भइसको आफ्ना सांसद टोपबहादुर रायमाझीलाई बुझाउन सुभाव दिएका छन।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी सांसद माधव सापकोटाले भ्रष्टाचार जस्तो गम्भीर विषयमा फरक शैलीमा उपस्थित नहुन सुझाव दिए।

‘प्रमुख प्रतिपक्ष साँचै भ्रष्टाचारीलाई कारबाही गर्न लागि इमान्दार हो भने तपाईंहरु विषयअन्तर नगर्नुहोस्। प्रधानमन्त्रीले बोलेको कुरालाई जसरी खिसिट्युरी गरिरहनुभएको छ, त्यसले तपाईंहरुलाई नै नाङ्गो बनाइरहेको छ,’ उनले भने, ‘इमान्दारिताका साथ टोपबहादुर रायमाझीलाई ल्याएर बुझाउनुहोस्, त्यसैमा तपाईंहरुको कल्याण छ।’

प्रकाशित मिति: : 2023-05-07 17:01:00

प्रतिकृया दिनुहोस्