ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले भने- म कसैको दबाबमा पर्दिनँ

File Photo
File Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंँग भेटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कसैको दबाबमा नपर्ने बताएका छन्। 

नक्कली शरणार्थी प्रकरणमा आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझी मुछिएपछि अस्ति पनि प्रधानमन्त्रीलाई भेटेका ओली शनिबार प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए। भेटपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आफू कसैको दबाबमा नपर्ने र कानुनअनुसार अघि बढ्ने प्रतिक्रिया दिएका हुन्।

‘कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ। यो रोकिँदैन। हामी दृढताका साथ अघि बढ्छौँ। दाेषी काेही नछुटुन्, निर्दाेष काेही नपरून् भन्ने मान्यताबाट बाेल्डली अगाडि गइन्छ’, उनले भने, ‘अस्ति पनि उहाँको कन्सर्न थियो, यही विषयमा। आज पनि याे विषयमा उहाँले कन्सर्न राख्नुभयो। मैले जेनेरल कुरा भनिदिएँ।’

टाेपबहादुर, रामबहादुरहरूलाई बचाउ भन्ने ओलीकाे कुरा हाे भन्ने पत्रकारहरूकाे प्रश्नमा उनले भने, ‘त्यस्ताे भनेर बचाउ त उहाँले भन्न सक्ने कुरा भएन नि। प्रधानमन्त्रीसँग कुरा गर्दा बचाइदेउ भन्न आउनु त कसैले सक्दैन नि! म दबाबमा पर्दिनँ।’

प्रकाशित मिति: : 2023-05-06 14:24:00

प्रतिकृया दिनुहोस्