रास्वपा सदस्य बन्न आवेदन दिनेहरुको ओइरो, दैनिक ७ सय बढीले भर्छन् फाराम

चितवनमा आयाेजित चुनावी सभालाई सभापति रवि लामिछानेल सम्बाेधन गर्ने क्रममा देखिएकाे भीड।

पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता लिनेहरुको ह्वात्तै संख्या बढेको छ। उपनिर्वाचन लगत्तै रास्वपाकाे सदस्य लिनेहरुको संख्या क्रमिक रुपमा बढ्दै गएको पार्टी सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनकाअनुसार उपनिर्वाचनपछि पार्टीको सदस्यता विस्तारको नीति बनाएसँगै दैनिक ६–७ सयको संख्यामा सदस्यता लिन चाहनेहरुले आवेदन दिन थालेका छन्। रास्वपामा हालसम्म १ लाख बढीले पार्टी सदस्यता लिनको लागि फारम भरेका छन्।

यसरी पार्टी सदस्यता लिन चाहनेहरुको संख्या नेपालबाट भन्दा बढी विदेशी मुलुकमा रहेका नेपालीको रहेकाे छ।

रास्वपाले हाल पार्टीको सदस्यता लिनको लागि प्रणालीबाट आवदेशन खुल्ला गरेको छ। सो माध्यम हुँदै फारम भर्नेहरुलाई रास्वापाले विभिन्न मापदण्ड पूरा गरेपछि स्वीकृति दिने गर्छ। हाल १ लाख बढीले आवेदन भरे पनि मात्रै ३३ हजार पार्टी सदस्य बन्ने स्वीकृति पाएका छन्।

रास्वपाको सोमबार बसेको पार्टीको बैठकले संगठन बिस्तारको योजना बनाएको छ, जसअनुसार अब रास्वपाले जिल्ला, पालिका र वडास्तरमा पनि सांगठनिक संरचना बनाउने छ।

प्रकाशित मिति: : 2023-05-03 12:22:00

प्रतिकृया दिनुहोस्