नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसबाट उम्मेदवार बनेका गोविन्द भट्टराईलाई जिताउन आग्रह गरेका छन्।
तनहुँ–१ मा बुधबार आयोजित उपनिर्वाचन लक्षित चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने उद्घोषसमेत गरेका छन्।
उनले आफूले यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने घोषणा गरेको तर पौडेल प्रधानमन्त्रीभन्दा पनि ठूलो पदमा पुगेको स्मरण गर्दै भने, ‘रामचन्द्रजीलाई प्रधानमन्त्री बनाउने भनेकोमा ठूलो पदमा पुग्नुभयो। अब गोविन्द भट्टराईलाई पनि जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई, मागलाई सम्बोधन गर्न उहाँलाई मन्त्री बनाउँछौँ।’