जुम एकडेमीले नेपालमा ल्यायो नयाँ प्रविधि (भिडियाे)

जुम ब्यूटी एकडेमीले नेपालमा पहिलोपटक ‘एसएमपीयू र माइक्रोपिगमेन्ट’ ल्याएको छ। 

‘हियर ट्रान्सप्लान्ट’ गर्न समस्या हुने भएकोले ‘एसएमपीयू र माइक्रोपिगमेन्ट’ ल्याएको जुमकी संस्थापक जुनु चक्रधरले बताइन्। 

‘एसएमपीयू र माइक्रोपिगमेन्ट भनेको कपाल सम्बन्धी एउटा लेटेश प्रविधि हो, हियर ट्रान्सप्लान्ट गर्न झन्झटिलो छ, महँगो छ, त्यसलाई सजिलो बनाउनका लागि यो प्रविधि ल्याइएको हो’ उनले भनिन्। 

उक्त प्रविधिले कपाल नउमार्ने जनकारी दिदैँ उनी भन्छिन्, ‘तर कसैको हियर पापुला जाम भएको छ भने यसले कपाल उम्रन मदत गर्दछ। जुन ठाउँमा कपालमा छैन, त्यस ठाउँमा कोरेर कपाल भएको जस्तो देखाउन सकिन्छ। यो सजिलो प्रक्रिया हो।’ 

जुम एकेडेमीले नेपालमा पहिलोपटक ल्यायाे ‘क्यामोफ्लज’ र ‘कोलाजिनस्टीमुलेशन’, के छ यसको विशेषता? (भिडियाे) 

खाली कपाल भएको ठाउँ एसएमपीयू गरेर बाक्लो कपाल देखाउन सकिने उनले बताइन्। ‘वर्षको एकपटक एसएमपीयू गर्दा राम्रो हुन्छ’ उनले भनिन्, ‘यो महँगो छैन।’ 

त्यसैगरी जुमले अर्को नयाँ प्रविधि अलिओला रिक्रियशन नेपाल भित्र्याएको छ। उक्त प्रविधि महिलाहरुका लागि महत्वपूर्ण भएको जुनु बताउँछिन्। 

‘ब्रेस्ट क्यान्सर भएर ब्रेस्ट गुमाउनु भएकाहरुका लागि यो नोपलमै पहिलोपटक ल्याएका हौँ’ उनी भन्छिन्, ‘यो प्रविधि पूरै कला हो, जसले महिलाको जस्तो ब्रेस्ट बनाएर आत्मविश्वास बढाइन्छ।’ 

ब्रेस्टको रंगसमेत बदल्न सकिने उनको दाबी छ। ‘आत्मविश्वास गुमाएका महिलाहरुलाई आत्मविश्वास दिलाउने उद्देश्यले यो प्रविधि ल्याएका छौँ’ आफूलाई नयाँ–नयाँ प्रविधि नेपालमा ल्याउन रहर लाग्न बताउँदै उनी सुनाउँछिन्, ‘हामीले यी सबै प्रविधि ग्राहकहरुका लागि ल्याएका हौँ, त्यसैले आवश्यकता परेकाहरुले यसको प्रयोग गरेर आत्मविश्वास बढाउनुस्।’ 

प्रकाशित मिति: : 2023-04-13 16:04:00

प्रतिकृया दिनुहोस्