जुम एकेडेमीले नेपालमा पहिलोपटक ल्यायाे ‘क्यामोफ्लज’ र ‘कोलाजिनस्टीमुलेशन’, के छ यसको विशेषता? (भिडियाे) 

जुम ब्यूटी एकेडेमीले नेपालमा पहिलोपटक ‘क्यामोफ्लज’ र ‘कोलाजिनस्टीमुलेशन’ ल्याएको छ।

‘कट माक्श’, दुबीलगायत विभिन्न घाउको दाग हटाउनका लागि क्यामोफ्लज ल्याइएको जुम ब्यूटीकी संस्थापक जुनु चक्रधरले बताउँछिन्।

बिएल नेपाली सेवालाई दिएको जानकारी अनुसार क्यामोफ्लजको प्रयोगले दीर्घायु घाउको दागबाट छुटकारा पाउन सकिन्छ। 

उक्त प्रविधि अमेरिकाबाट सुरु भएको बताउँदै उनले भनिन्, ‘यो प्रविधि नेपालमा पहिलोपटक  ल्याउन बायोटच ब्यूटी एकेडेमी थाइल्याण्डले सहयोग गरेको हो।’ 

जुम ब्यूटी एकेडेमीको ‘आइब्रो कोर्श’ समापन (भिडियाेसहित)

सो प्रविधिको प्रयोग गर्नाले कुनै दुखाई नहुने बताउँदै उनी भन्छिन्, ‘कटहरुको निशान हटाउनका लागि एकपटक गरिएको सो प्रविधि दुई वर्षसम्म रहनेछ।’ त्यसैगरी ‘कोलाजिनस्टीमुलेशन’ प्रविधि पनि नेपालमा पहिलोपटक ल्याइएको उनले बताइन्। 

उक्त प्रविधिको सहायताले काटिएको ओठ र अप्रेशन गरिएको दाग हटाउनका लागि कोलाजिनस्टीमुलेशन गर्नुपर्ने चक्रधर बताउँछिन्। 

‘यो प्रविधिको कारण स्ट्रेच माक्स, जन्मदै काटिएको ओठ र अप्रेशन गरेर सिलाइएको दाग हटाउन सकिन्छ’ नयाँ प्रविधिबारे जानकारी गराउँदै उनी भन्छिन्, ‘आत्मविश्वास बढाउनका लागि यो प्रविधि नेपालमा ल्याइएको हो। तर यसको प्रयोग चारदेखि पाँच पटकसम्म गर्नुपर्छ।’ 

जुम ब्यूटी एकेडेमीले ल्यायाे अफर

त्योसँगै नेपालको चर्चित एकेडेमी जुमले कलरवाश र कलर लिफटिङको प्रविधिपनि ल्याएको उनले बताइन्।

‘यदी कुनै मानिस आफ्ना कलरदेखि सन्तृष्ट छैन भने त्यसलाई बदल्नका लागि कलरवाश र कलर लिफटिङको प्रयोग गरिन्छ’ उनले भनिन्, ‘यो विश्वासनीय छ। कुनै दखाइ छैन।’

प्रकाशित मिति: : 2023-04-13 12:09:00

प्रतिकृया दिनुहोस्